शनिवार, आश्विन १७ गते २०८३

भारतको बिहारमा विधानसभा चुनावको मतगणना आज

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको शुक्रबा। मतगणना हुँदैछ । मतगणना बिहान ८ बजेदेखि सुरु हुनेछ । मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ ।

यस पटक जेडीयू र भाजपा दुवैलाई बराबर एक सय एक सिट भागबण्डा गरिएको छ । विपक्षी नेता तेजस्वी यादवले मतगणनामा अनियमितता हुनसक्ने चिन्ता व्यक्त गर्दै चुनाव आयोगलाई पूर्ण निष्पक्षता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

बिहारका ३८ जिल्लाका ४६ केन्द्रमा कडा सुरक्षाकाबीच मतगणना गर्न तयारी भइरहेको छ । बिहारमा गएको कात्तिक २० गते पहिलो र कात्तिक २५ गते दोस्रो चरणको विधानसभा चुनाव भएको थियो । कुल सात करोड ४५ लाख मतदाता रहेको बिहारमा दुई सय ४३ सिटका लागि दुई हजार १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार