काठमाडौँ । दिल्ली विस्फोटका मुख्य अभियुक्त ठानिएका डा. उमर नबीको घर बिहीबार राति सुरक्षा बलले ध्वस्त पारिदिएको छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार पुलवामास्थित उनको घर आईईडी विस्फोटमार्फत नष्ट गरिएको हो। गत सोमबार ९नोभेम्बर १०० साँझ भारतको राजधानी दिल्लीस्थित लालकिल्ला नजिकै कार बम विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए।
विस्फोटका सीसीटीभी फुटेज सार्वजनिक गर्दै प्रहरीले त्यस कारमा डा। उमर रहेको र उनैले विस्फोट गराएको दाबी गरेको छ। उनी पनि विस्फोटमा मरिसकेका छन्।
उक्त घटना अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म ८ जनालाई हिरासतमा लिएको छ। बिहीबार गुप्तचर एजेन्सीहरूले उनीहरूले बाबरी मस्जिद भत्काएको वार्षिकोत्सवको दिन डिसेम्बर ६ मा दिल्लीसहित देशभरका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको खुलासा भएको दाबी गरेका छन्।