बिहिवार, आश्विन १५ गते २०८३

सरकारले चुनावका लागि करिब ५ अर्ब बजेट स्वीकृत गर्यो

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिब ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले भने, ‘निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ ।’ थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार