शनिवार, आश्विन १७ गते २०८३

मधेसमा सरकार गठन प्रक्रियाको विवाद उत्कर्षमा, प्रदेश प्रमुखको कार्यालयमा सेना तैनाथ

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौँ । मधेस प्रदेशमा सरकार गठन प्रक्रियाको विवादका कारण तनावपूर्ण बनेको छ । गत सोमबार नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले शपथ ग्रहण गरे पश्चात् तनावपूर्ण बनेको मधेस अझै शान्त बनेको छैन।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्नुपर्नेमा सरकार गठनको आव्हान नै नगरी संविधानको धारा १६८ को उपधारा ३ मा टेकेर ठूलो दलको हैसियतले एमाले मधेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै प्रदेश सभाका विपक्षी दलहरु विरोधमा उत्रिएका छन् । 

तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सहित ४ मन्त्रीलाई बर्दिबासस्थित पानस कटेजमा शपथ ग्रहण गराएकी थिइन्। यसैबीच असुरक्षाको जोखिम बढ्न थालेपछि सेना परिचालन गरिएको छ । 

आज प्रदेश प्रमुख कार्यालय परिसरमा प्रदेश प्रमुखको सुरक्षार्थ सेना परिचालन गरिएको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभमाथि असुरक्षा बढेपछि सेना परिचालन गरिएको बताइएको छ। प्रदेश प्रमुख कार्यालय परिसरमा हाल नेपाल प्रहरी र नेपाली सेना तैनाथ रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार