आइतवार, कार्तिक ९ गते २०८३

मुख्य राजमार्गकै पुल भासिदा विजोक बन्यो स्थिती

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं। रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ। अविरल वर्षापछि आएको बाढीका कारण  पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ। राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।

उक्त पुल भएर चल्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन्। प्रहरीका अनुसार अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगाएतका ठाउँ डुवानमा परेको छ।

त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र पनि डुवानमा परेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार