फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन, दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा वर्तमान सुरक्षा व्यवस्था, आन्दोलनका सूचना तथा चुनावी सुरक्षाका विषयमा छलफल हुनेछ । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ।