शुक्रवार, आश्विन १६ गते २०८३

सर्वोच्च अदालतले मधेशका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश जारी गर्यो

सोमवार , मंसिर १, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले गत कात्तिक २७ गते सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरि पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए ।

सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार