आइतवार, कार्तिक ९ गते २०८३

बाढीले परासी बजारका सयौँ घर डुबान, एकजना बेपत्ता

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं । झरही खोलाको बाढीका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। बजारका सयौं घर डुबानमा परेका छन्। बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा अधिकांश स्थान जलमग्न भएको छ। 

डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं. १ को सहुवाटिकर, वडा नंं. २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं. ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पूरै डुबानमा परेको छ। 

त्यस्तै बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरू पनि जलमग्न भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। बाढीले घर डुबानमा पर्दा खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान लगायतमा क्षति पुगेको छ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए। यसैबीच सुनवल नगरपालिका वडा नं. ४ का एक जना १४ वर्षीय किशोर बेपत्ता भएका छन्। बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार