शुक्रवार, आश्विन १६ गते २०८३

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

अराजक गतिविधि गर्न र हिंसा भड्काउने खालका अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरेको हो । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए ।

प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको तयारीमा रहेका थिए । यता प्रसाईंलाई पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।

विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान गर्दै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार