बिहिवार, आश्विन १५ गते २०८३

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ ।  सुनको मूल्य आज प्रतितोला तीन हजार ८ सयले रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ३९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला  ६५ रूपैयाँले घटेको छ। 

सोमबार प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार ९० रूपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार १० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार