काठमाडौं । महोत्तरीमा रातु नदीको तटबन्ध बत्किँदा दजैनौँ गाउँ जोखिममा परेका छन् । लगातारको वर्षाले महोत्तरीको बलबा नगरपालिका–४ स्थित तिलगढमा रातु नदीको तटबन्ध चार ठाउँमा भत्किएको छ ।
तटबन्ध भत्किएर बाढी बस्तीमा पस्दा तिलगढ गाउँ डुबानमा परेको र करिब ९०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४०० मिटर बाँध भत्केको छ ।
त्यसैगरी बाढीले बलवा-११ रौजा तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा बाढी पसेको छ । बाढीले बस्ती डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम सुरु भएको डिएसपी विष्टले बताए ।