शुक्रवार, आश्विन १६ गते २०८३

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताको प्रमाणपत्र पायो

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताएका छन् ।

उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं । पार्टी पंक्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं ।’ जनतानै इतिहासको निर्माता भएको भन्दै उनले भने, ‘आज पनि जनतामा भोलि पनि जनतामा । जनताले जुनबाटोबाट परिवर्तन सम्भव देख्छन् हामी तयार छौं ।’

चुनाव हुन्छ त भन्ने पत्रकारहरूको जिज्ञासमा उनले भने, ‘चुनाव एक दिन त हुन्छ नै । समाजवाद आए पनि चुनाव हुन्छ नै ।’ उनले राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बन्यो भने सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिन्छ निष्कर्ष आफ्नो दलको रहेको सुनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार