आइतवार, कार्तिक ९ गते २०८३

आज पेशी तोकिएको आफताब आलमको मुद्दामा किन रोकियो सुनुवाई ?

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं । सर्वोच्चमा आजका लाग पेशी तोकिएको काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाई रोकिएको छ । विभिध कारण देखाई सुनुवाई स्थगित हुँदै आएको उक्त मुद्धामा शुक्रबार पनि सुनुवाई हुन सकेन ।

शुक्रबार भने विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भएकाले सुनुवाई रोकिएको हो । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । जसको आजका लागी पेही तोकिएको थियो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार