काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई सिंहदरबार बोलाएकी छन्।
आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन्। ती दर्ता भइसकेका १२५ पार्टीलाई प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन भनेकी हुन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ भने कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी यही चुनाव सम्पन्न गराउनु हो।