आगलागीबाट तेम्बा बजारका चार घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। राति करिब ११ बजेतिर आगलागी भएको हो।
आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको छ। आगलागी भएका सबै घरमा पसल थिए।