काठमाडौं । गत बैसाखदेखी रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्सका) को परिक्षा संचालनको तयरी गरिएको छ। विभागले भदौमा लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परिक्षा लिने तयारी गरेको हो।
विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ।
पछिल्लो पटक काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेपछि वैशाख १६ गतेबाट लाइसेन्स परीक्षा स्थगित भएको थियो। त्यस बेलादेखि नै नयाँ आवेदन भर्न पनि बन्द गरिएको थियो।
विभागका अनुसार करिब छ लाख जनाले लाइसेन्सका लागी परीक्षा दिने प्रक्रियामा रहेका छन् । नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम रहेको विभागले जनाएको छ ।