काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले कुनै अवरोधले एमाले र युवा संघको अभियानलाई रोक्न नसक्ने बताएका छन् ।
रौतहटका राष्ट्रिय युवा संघका अध्यक्षले बाराको परवानीपुरबाट युवा संघको जागरण सभा प्रत्यक्ष प्रसारण गरिरहेको उल्लेख गर्दै बस्नेतले एमाले र युवा संघको अभियान साना–तिना अवरोधले रोक्न नसक्ने दावी गरेका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै बस्नेतले भनेका छन्, ‘रौतहटका राष्ट्रिय युवा संघका अध्यक्षले बारा, परवानीपुरमा आयोजित युवा संघको जागरण सभालाई लाइभ प्रसारण गरिरहेका छन् । साना–तिना अवरोधले नेकपा एमाले र युवा संघको अभियान रोकिन्न भन्ने यसको स्पष्ट उदाहरण हो ।’
उनको भनाइ अनुसार, सिमरा र आसपासका क्षेत्रमा उत्पन्न अवरोधका बाबजबुद पनि पार्टीका गतिविधि निरन्तर जारी रहनु एमाले कार्यकर्ताको प्रतिबद्धता र संगठन क्षमताको प्रमाण हो ।