शुक्रवार, आश्विन १६ गते २०८३

बोलेको बापत थुन्नु मानव अधिकारको उल्लंघन हो, तुरुन्त रिहा गरियोस् : अध्यक्ष ओली

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष  केपी शर्मा ओलीले सरकारलाई पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई ‘बोलेको आधारमै’ प्रहरीले नियन्त्रणमा लिएको दाबी गर्दै यस्तो कार्य मानवअधिकारविपरीत रहेको बताएका छन् । अध्यक्ष  ओलीले भने, ‘दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुपर्छ । बोलेको बापत थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर मानव अधिकार आयोगले नै भनिसकेको छ । सरकारलाई यस्तो उल्लंघन गर्ने अधिकार छैन् ।’

उनका अनुसार प्रसाईंले भिडियो सार्वजनिक गरेको वा अभिव्यक्ति व्यक्त गरेको आधारमा सरकारले ‘उत्तेजित’ भएर गिरफ्तारी गरेको छ, उनले जुन स्वीकार्य नहुने बताएका छन् । अपराध भएमा मात्रै कारबाही गर्न सकिने उल्लेख गर्दै उनले अभिव्यक्तिको कारण पक्राउ गर्नु कानुनविपरीत रहेको बताएका छन् ।
 
अध्यक्ष ओलीको भने, ‘म सरकारलाई भन्न चाहन्छु–दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुस् । बोल्नै नपाईने पनि हुन्छ । मानव अधिकार आयोगले भनिसकेको छ–बोले बापत नै थुन्न मानव अधिकारको उल्लंघन हो । सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन् भनेर मानव अधिकार आयोगले भनिसक्यो सरकारले छोड्नुपर्छ, पछि हट्नुपर्छ । त्यसो भएर बोल्न नदिनका लागि, बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफतार गर्नुहुँदैन ।’

उनले प्रश्न गरे, ‘कसलाई को मन पर्छ, कसलाई को मन पर्छ ? तर के मा थुन्ने, के मा नथुन्ने भन्ने हुन्छ नि त । अपराधमा पो थुन्ने हो त । अनि भएको भिडियो बाहिर ल्याउँदा थुन्ने हो ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार