काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन पछि पहिलो पटक एमालेले सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुनेछ । त्यसबाहेक सचिवालय बैठकमा मंसिर ६ गते काठमाण्डुमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुनेछ ।