आइतवार, श्रावण २४ गते २०८३

आज दसौँपटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै नितिश कुमार

बिहिवार , मंसिर ४, २०८२

काठमाडौँ । जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले आज १०औँ पटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै छन्।

हालै सम्पन्न बिहार विधानसभामा आफ्नो पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेपछि नितिशले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए। 

त्यसअघि उनी एनडीए विधायक दलको नेता चयन भएका थिए। बिहारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह आज पटनाको गान्धी मैदानमा आयोजना हुनेछ।

जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत पनि सहभागी हुनेछन्। हालै सम्पन्न चुनावमा एनडीएले बिहारका २४३ विधानसभा सिटमध्ये २०२ स्थानमा जित हासिल गरेको छ।

जसमध्ये एनडीएका घटकहरू भाजपाले ८९ सिट जित्यो भने नितिश कुमारको जनता दल (युनाइटेड) ले ८५ सिट जितेको छ। यस्तै चिराग पासवानको लोक जनशक्ति (आर) १९ सिट जितेर एनडीएमा तेस्रो र बिहारमा चौथो ठूलो दल बनेको छ। हिन्दुस्तानी अवम मोर्चाले ५ र राष्ट्रिय लोक मोर्चाले ४ सिट जितेका छन्। विपक्षी महागठबन्धले भने केवल ३५ सिट जित्यो। बाँकी सिट अन्यले जिते। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार