शुक्रवार, आश्विन १६ गते २०८३

जेनजी अभियन्ता मिराज ढुङ्गनाको कार्यालयमा आक्रमण

बिहिवार , मंसिर ४, २०८२

काठमाडौँ । जेनजीका अभियन्ता मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ । ढुंगानाले आफ्नो कार्यालयमा बुधबार साँझ आक्रमण भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत ढुंगानाले घटनाबारे जानकारी दिँदै आफूहरूलाई लक्षित गरी कार्यालयमा आक्रमण तथा हातपात भएको पनि बताएका हुन् ।

ढुङ्गनाले लेखेका छन्, ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो आज। हामी माथि र हाम्रो महिला साथीहरूमा पनि हातपात भयो। के गर्न खोज्नु भएको हो हामीलाई ?’

यद्यपि उनले को बाट आक्रमण भएको भन्ने विषयमा केही उल्लेख भने गरेका छैनन् । घटनाबारे विस्तृत विवरण र आक्रमणकारीहरूको पहिचान खुल्न बाँकी रहेकाले कार्यालय पक्षले सुरक्षा निकायसँग आवश्यक कारबाहीको माग गरेको जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार