काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।