शुक्रवार, आश्विन १६ गते २०८३

च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सुरु

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । उनले भने, ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ ।’

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो । च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ ।

गौतमले भने, ‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार