शुक्रवार, आश्विन १६ गते २०८३

संविधानले नचिनेको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक भन्दै सभामुखले सर्वोच्चलाई पठाए यस्तो जवाफ

बिहिवार , मंसिर ४, २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संवैधानिक व्यवस्था र कानुनी शासनको मूलभूत सिद्धान्तविपरीत रहेको दाबी गरेका छन्।

संसद् विघटनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफमा संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरिएको छ। 

‘निवेदकले उठाउनु भए अनुसार नै नेपालको संविधानको धारा ७६ मा मन्त्रीपरिषद् गठनको व्यवस्था गरिएको छ, जसमा प्रतिनिधि सभाको सदस्य, त्यसमा पनि बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी राष्ट्रपतिबाट सोझै प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री पदमा नियुक्ति गर्नु कानूनी शासन तथा संवैधानिक व्यवस्था प्रतिकूल भएकोले निवेदकको माग बमोजिम नै रिट जारी हुनुपर्ने देखिन्छ,’ जवाफमा भनिएको छ। 

संविधानले न्यायाधीशलाई कार्यपालिका वा अन्य सरकारी पदमा नियुक्त गर्न नपाइने व्यवस्था रहेको समेत घिमिरेका जिकिर रहेको छ। जवाफमा भनिएको छ,‘प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदबाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन… यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार