शुक्रवार, आश्विन १६ गते २०८३

एमालेले ‘नेशनल भोलियन्टर फोर्स’ घोषणा गर्दै

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौँ । नेकपा (एमाले)ले नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ।

शुक्रबार बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली छन्। कार्यक्रम अघि बबरमहल हुदै माइतीघर भएर बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम रहेको छ।

बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ र पार्टीका नेता र कार्यकर्ताको सुरक्षासहित आम जनताको सुरक्षा गर्ने भन्दा विभिन्न संयन्त्र बनाउदै आएको छ।

एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ । त्यसैगरी शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार