शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा-जसपाबीच एकताको प्रक्रिया अन्तिम चरणमा

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीच एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्ता पछि नेता प्रकाश ज्वालाले दुवै पार्टीबीच सहमति पत्रको ड्राफ्ट तयार भएर छलफल समेत भइसकेको भन्दै शुक्रबार त्यसलाई अन्तिम रूप दिने जानकारी दिए ।

उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गरेका छौं । त्यसमा छलफल पनि भएको छ र शुक्रबार त्यसको अन्तिम रुप दिनेछौं ।सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रुप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रक्रिया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’

उनले छलफलमा आएको सुझावको आधारमा शुक्रबार नै निर्णय हुने बताए । नेपाली कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताए ।

दुवै पार्टीका नेताहरूबिच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरण हुन लागेको हो ।

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायत दश वामपन्थी दलले एकता गरेपछि गठन भएको उक्त पार्टीले चुनाव अगाडि वाम शक्ति ध्रुवीकरण गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार