काठमाडौँ । सुनचाँदीको मूल्य आज सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ ले घटेको हो ।
आज एक तोला सुनको मोल दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १०० कायम भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।