काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आज शुक्रबार बिहानै जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण गरेका छन्।
त्यस क्रममा मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला निर्माण रोकिनुको कारण, खेल मैदानको अवस्थालगायत विषयमा जानकारी लिएका छन्।
रंगशाला निरीक्षणका क्रममा मधेसको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराएका थिए।
यसका साथै मन्त्रीहरू घिसिङ र गुप्ताले भासिएको कमला पुलको पनि निरीक्षण गर्न लागेका छन्।