काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।
एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले फास्ट ट्र्याकबाट राजीनामा दिएर विधि र प्रक्रियाबाट देशलाई चलाउन प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘फास्ट ट्र्याकबाट सुशीला आमाले राजीनामा दिनुस् । विधि प्रक्रियाबाट देश चल्ने हो, दलबाट देश चल्ने हो । दल बाहिरबाट राजनीति हुँदैन ।’