काठमाडौं। आफै प्रतिवादी भएको मुद्धा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराले नहेर्ने घोषणा गरेका छन्। संवैधनिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले नहेर्ने घोषणा गरेका हुन्।
ओली सरकारले ३० मंसिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिट झण्डै ८ महिनापछि शुक्रबार संवैधानिक इजलासको पेशीमा चढेको थियो। तर अध्यादेश अनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भनी लिखित जवाफ लेखेकाले प्रधानन्यायाधीश जबरारहीत इजलासमा सुनुवाई हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन्।
प्रधानन्यायाधीश जबराले चार न्यायाधीशको रायमा आफू सहमत हुने बताउँदा पनि रिट निवेदकहरु सहमत नभएपछि इजलास मुद्दाको मेरिटमा प्रवेश नगरी छलफलमा गएका थिए। त्यसपछि इजलासमा एक्लै आएका प्रधानन्यायाधीश जबराले शुरुको र अन्तिम सुनुवाइका दिन आफू ‘एब्सेन्ट’ हुने जानकारी गराएको जनाइएको छ।