काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो।
जनसभा भृकुटी मण्डप हुँदै छ। सभाअघि मार्गमा जम्मा भएर र्याली निकालेको छ। प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटी मण्डपमा आमसभामा परिणत हुँदै छ। र्यालीमा एमालेका शीर्ष नेताहरू सहभागी छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउने निर्णय गरेको एमालेले आज काठमाडौंको सडकमा शक्ति देखाएको हो। एमालेका नेताहरुले जसरी भएपनि सरकार ढाल्ने बताइरहेका छन् ।