काठमाडौं । निर्वाचन आयोगले नयाँ दर्ता भएका दलबारे संघीय संसद सचिवालयलाई जानकारी गराएको छ । आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको हो ।
आयोगले दिएको विवरणमा माधव कुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेका छन् । एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद सचिवालयलाई जानकारी गराएको छ ।
नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ९ गते सनाखत गर्न पाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले निवेदनबारे कुनै निर्णय नलिएको जनाइएको छ ।