बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य तोलामा २ हजार ९ सयले बढ्यो

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलमा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४४ हजार ६०० रुपैयाँ कायम छ । गएको शुक्रबार  छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार