शुक्रवार, आश्विन १६ गते २०८३

यो सजिलो बाटो होइन, तर हामी सधैं सजिलो बाटो हिँड्न पनि पाउँदैनौं : सन्तोष परियार

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफूहरु हिँड्न थालेको बाटो सहज नभएको बताएका छन् । यो थाहा हुँदाहुँदै सधैं सजिलो बाटो हिँड्न छुट नभएको बताएका छन् ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोाषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने बताएका छन् । प्रगतिशील राष्ट्रिय अभियानमा आबद्ध हुन सबैलाई आह्वान गर्दै परियारले भने, ‘अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ, यही सघर्ष गर्ने क्रममा आज हामी वृहत एकता घोषणा सभा गर्दैछौं ।

उनले थपे, ‘यदि आज पनि यो समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन, बेइमान पुस्ता भन्नलाई छोड्ने छैन् । यसर्थ एउटा संघर्ष गरौं । यो सजिलो बाटो त होइन । तर हामी सधैं सजिलो बाटो हिँड्न पनि पाउँदैनौं ।’ कार्यक्रमको अध्यक्षता समेत गरेका परियारले जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले देश संकटमा परेको भन्दै उनले सबै वामपन्थी लोकतान्त्रिक प्रगतिशील पार्टीहरुलाई संकिर्णता छोडेर आफूहरुको अभियानमा जोडिन आह्वान गरेका छन् ।

उनले आजसम्म शासकका इतिहास लेखिएको भन्दै अब जनताका इतिहास लेखिने बताएका छन् । केही भनाइहरु उद्धृत गर्दै उनले भने, ‘रुख त आजभन्दा २० वर्ष पहिला नै रोप्नुपर्थ्यो तर आज चाहिँ ढिला गर्नु हुँदैन । जबसम्म शासकका तिनका इतिहास लेखिदिने इतिहासकारहरु हुनेछन् त्यतिबेलासम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ ।’

उनले थपे, ‘आजसम्म नेपालको इतिहासमा सिकारीको इतिहास लेखियो, शासनसत्तामा बस्नेहरुको लेखियो अब जनताको इतिहास लेखिने छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार