काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उनले भने, ‘आज (आइतबार) बिहान ११ बजे दल दर्ता निवेदन दिइयो, पार्टीको निर्णयअनुसार राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका दल दर्ता गर्यौँ ।’ आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि आजसम्म दल दर्ता समय दिएको छ । प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ ।