बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य १९ सयले घट्यो

सोमवार , मंसिर ८, २०८२

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार