शुक्रवार, आश्विन १६ गते २०८३

विभिन्न दलका शीर्ष नेताहरूसँग छलफलको तयारीमा प्रधानमन्त्री कार्की

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँगको वार्ताका लागि तयारीमा जुटेकी छन् ।

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् । स्रोतका अनुसार दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । तर, कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन् ।

प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलगअलग भेट्ने विषय छलफलकै क्रममा छ, राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूनिकट नागरिक समाजका मान्छेहरूसँग विभिन्न तवरले सूचना आदानप्रदान भइरहेको छ ।’

शीर्ष नेताहरूसँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउनसक्ने उक्त स्रोतको दाबी छ । प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतले भन्यो, ‘यही हप्ताभित्रमा निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइराखेको छ, मिति तय भइसकेको छैन् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार