आइतवार, आश्विन २५ गते २०८३

तरुण दलका उपाध्यक्षमाथि खुँडा प्रहार

शनिवार , भाद्र १२, २०७८

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष सन्तोष गिरीमाथि खुँडा प्रहार भएको छ। 

शुक्रबार बेलुकी ६ बजेतिर वीरेन्द्रनगरको धमला चोकको एक कटेजमा २५ वर्षीया गिरीमाथि खुँडा प्रहार भएको प्रहरीले बताएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको रातोपाटीलाई जानकारी दिए। 

यद्यपि, उनले घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने बताए। मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले जानकारी दिए।

गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार