काठमाडौं। ललितपुरको वाग्मती गाउँपालिकामा खोलामा बगेर एक महिलाको मृत्यु भएको छ।
एक बालिका वेपत्ता भएकी छन्। गाउँपािलकाको वडा.नं ६ आश्राङ र ७ को गिम्दीको सङ्गमस्थल शुभाने खोलामा आएका बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको प्रहरीले जनाएको छ। बेपत्ता बालिकाको भने परिचय खुलेको छैन। ति बालिका पनि सञ्जुसंगै बगेर वेपत्ता भएकी हुन्। बालिकाको प्रहरीले लगाएत स्थायनीयले खोजी गरिरहेका छन्।
शुक्रबार दिउँसो साढे ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा सञ्जुको मृत्यु भएको हो भने उनीसँगै रहेकी अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएकी गाउँपालिका प्रेश संयोज दीपक घिमिरे (समिर)ले जानकारी दिए।