काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य हिजोको तुलनामा प्रतितोला ५ हजार २ सय रुपैयाँले बढी हो। हिजो छापावाला सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ३२ सय रुपैयाँ पुगेको छ। यो हिजोको तुलनामा प्रतितोला ८५ रुपैयाँले बढी हो। हिजो चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।