शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र

मंगलवार , मंसिर ९, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र बाँकी छ। 

निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउनेछन्। 

निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार