शुक्रवार, आश्विन १६ गते २०८३

निर्वाचन आयोगमा राप्रपाले गर्‍यो दल दर्ता

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको राप्रपा एक नेताले जानकारी दिएका छन् । निर्वाचन आयोगले बुधबार (भोलि) सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् ।

आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् । राप्रपाले दल दर्ता गरेसागै यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको पनि बताएको छ ।

उनले भनेका छन्, ‘एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार