एजेन्सी। बिहिबार साँझ काबुल विमानस्थलमा भएको बम आक्रमणका योजनाकारलाई मारेको अमेरिकाले दावी गरेको छ।
पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अमेरिकाले गरेको ड्रोन हमालामा इस्लामिक स्टेटका एक ‘योजनाकार’ मारिएको बीबीसीले जनाएको छ। बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो। अमेरिकाले यसको बदला लिने चेतावनी दिएको भोली पल्टै ड्रोन हमला गरेको हो।
यो आक्रमपछि शशंकित बनेको अमेरिकाले जवाफी कारवाही गरेको हो। यद्यपी पेन्टागनले विमानस्थलको खतरा अझै टरिनसकेको बताएको छ। विमानस्थलमा भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जना भन्दा बढि मारिएको छन्। यता, बम आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्यलाई निरन्तरता दिएको छ।
यता, काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।