शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेष भेला गर्ने

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौँमा विशेषा भेलाको आयोजना गरेको छ।  बुधबार दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुनेगरी भेला आयोजना गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए। 

भेलामा काठमाडौँ बाहिरबाट पनि सयौँको संख्यामा नेता कार्यकर्ताहरु आउने अर्का नेता मनोजमणी आचार्यले बताए।  जेन्जी आन्दोलन लगत्तै पार्टीको सुधार र पुनर्गठन गर्नुपर्ने र त्यसका लागि चुनाव अगाडि नै महाधिवेशन गर्नु पर्ने माग गर्दै आएका नेता तथा कार्यकर्ताहरुले नियमित महाधिवेशन नहुने संभावना देखेपछि विषेश महाधिवेशनको माग गरेका हुन।

उनीहरुले विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर पार्टीका कार्यवहाक सभापति पूर्णवहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए। 

काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ। 

सोअनुसार आगामी पुष २८ भित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यतामा काँग्रेस परेको छ।  वहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको माग बमोजिम महाधिवेशन गर्ने निर्णय काँग्रेस केन्द्रीय समितिले गर्नुपर्नेमा अनिर्णित भइरहेकाले केन्द्रीय समितिलाई दवाव दिन आज विशेष भेला आयोजना गरिएको भेलाको तयारी गरिरहेका काँग्रेसका अर्का नेता युवराज पाण्डेले जानकारी दिए। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार