आइतवार, श्रावण २४ गते २०८३

अफ्रिकामा विस्फोट भएको ज्वालामुखीको खरानी नेपाल आइपुग्यो

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । अफ्रिकाको इथियोपियामा फुटेको ज्वालामुखीक‍‍ो खरानी नेपालसम्म आइपुगेको छ।

झन्डै १२ हजार वर्षपछि पहिलोपटक गत आइतबार इथियोपियामा ज्वालामुखी विस्फोट भएको हो। त्यस क्रममा खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल उडेको थियो। 

त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो। तर त्यसले नेपालको वातावरणमा कुनै असर गर्ने अवस्था नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार