बिहिवार, आश्विन १५ गते २०८३

फेरि बढ्यो सुनको मूल्य

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोल २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार