आइतवार, श्रावण २४ गते २०८३

हङकङ आगलागी: मृतकको संख्या ४४ पुग्यो, ४५ जना गम्भीर घाइते, २७९ जना अझै बेपत्ता

बिहिवार , मंसिर ११, २०८२

काठमाडौँ । हङकङको ताईपोमा भएको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार आगलागीमा परेर ४५ जना गम्भीर घाइते भएका छन्। घटनास्थलमा २७९ जना अझै बेपत्ता छन्। 

आगलागीमा परेर घाइते भएका २९ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक र एक सल्लाहकारसहित तीन जनालाई भवन नर्मिाणमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ गरिएको छ। 

उनीहरूले स्काफोल्डिङको जालीमा बाँसजन्य सामग्री प्रयोग गरेको र स्टाइरोफोमले झ्यालहरू बन्द गरेको आरोप छ। जसले गर्दा आगलागी सुरु भएको र आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ।

आगलागी भएका भवनमा ठूलो संख्यामा मानिसको बसोबास थियो। हङकङ समयअनुसरा बिहीबार बिहान ३ बजेसम्ममा नौसय भन्दा बढी बासिन्दालाई आगलागी भएको भवनबाट सामुदायिक हलहरूमा आश्रय दिइएको छ।

जुलाई २०२४ देखि स्टेटका आठ आवासीय ब्लकको मर्मतसम्भार भइरहेको थियो। जहाँ बाँसको स्काफोल्डिङलाई हरियो जालीले ढाकिएको थियो।

मर्मत सम्भार भइरहेका ती भवनमा स्टाइरोफोम पदार्थ फेला परेकोले आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताएका छन्। यद्यपि, घातक आगलागीको ठोस कारण पत्ता लगाउन सरकारले अनुसन्धान गरिने बताएको छ।

आगलागीमा परेका सात भवनमध्ये तीन वटामा ठूलो क्षति पुगेको छ। बुधबार दिउँसोबाट सुरु भएको आगलागी झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार