आइतवार, आश्विन २५ गते २०८३

जानकी गाउँपालिकाका अध्यक्षको निधन

शनिवार , भाद्र १२, २०७८

काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ।

उनी शुक्रबार राति एक्कासी बिरामी भएका थिए। राति नै उनको नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको जनाइएको छ।

ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे यादवलाई अस्पताल पुर्‍याइएको थियो। अध्यक्ष यादवको राति एक बजे निधन भएको हो।

अध्यक्ष यादवको शव बिहान घर लगिएको छ। यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार