बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च

आइतवार , मंसिर १४, २०८२

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर ३४९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार