बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सोमवार , मंसिर १५, २०८२

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५३ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ४५ रुपैयाँले बढेर ३ हजार ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार २९० रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार